दफा ५९९
प्रतिनिधिले एजेन्सी छोड्न नहुनेः

(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै निश्चित समय वा कामका लागि नियुक्त भएको प्रतिनिधिले निर्धारित समय वा काम समाप्त नभएसम्म उचित र पर्याप्त कारण नभई प्रतिनिधिको रूपमा काम गर्न छोड्न हुँदैन ।
(२) उपदफा (१) बमोजिम निश्चित समय वा काम नतोकिएकोमा प्रतिनिधि भई काम गर्न छाड्न लागेको कारण सहितको पूर्व सूचना मुख्य व्यक्तिलाई नदिई त्यस्तो काम गर्न छोड्न हुँदैन ।
(३) उपदफा (१) वा (२) विपरीत हुने गरी कुनै प्रतिनिधिले त्यस्तो हैसियतमा काम गर्न छोडेमा मुख्य व्यक्तिले मनासिब क्षतिपूर्ति दाबी गर्न सक्नेछ ।